सिईडिबि हाइड्रोपावरको आइपिओ बाँडफाँड कहिले ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

सिईडिबि हाइड्रोपावरको आइपिओ बाँडफाँड कहिले ?



काठमाडौँ । सिईडिबि हाइड्रोपावर कम्पनीले बिक्री तथा निष्कासन गरेको साधारण शेयरमा ११ गुणा बढी आवेदन परेको छ ।

कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धक सनराइज क्यापिटलमा अनुसार १७ लाख ३६ हजार ७०० आवेदनबाट २ करोड ६३ लाख ४५ हजार ५०० कित्ता शेयर माग भएको हो ।

यो सर्वसाधारणलाई निष्कासन गरेको २३ लाख ४१ हजार ९५४ कित्ताको ११.२४ गुणा बढी हो ।कम्पनीको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितो पत्र निष्कासन तथा बाँडफाँट निर्देशिका अनुसार न्यूनतम १० कित्ता दरले शेयर वितरण हुनेछ ।

भाग्यमानी आवेदक २ लाख ३४ हजार १९५ जनाले मात्रै न्यूनतम १० कित्ताका दरले शेयर पाउनेछ । बाँकी आवेदकको हात खाली हुने देखिन्छ । सिडिएससीका अनुसार हालसम्म परेका कुल आवेदन मध्ये ९४% अनलाइन माध्यम मार्फत आवेदन दिएको जानकारी प्राप्त भएको छ ।

कम्पनीको साधारण शेयरमा परेको कुल आवेदन मध्ये १६ लाख ३७ हजार ९१२ वटा आवेदन अनलाइन मार्फत परेका छन् । बाँकी ६ % ले मात्रै भौतिक रूपमा बैङ्क तथा वित्तीय संस्थामा गएर शेयर भरेका छन् ।

कम्पनीको शेयर बिक्री तथा निष्कासन क्यापिटलका अनुसार यस कम्पनीको शेयर बाँडफाड आउँदो हप्ताको शुक्रवार सम्ममा हुने जानकारी प्राप्त भएको छ ।

प्रकाशित : २४ बैशाख २०७८, शुक्रबार १६:१९