नेशनल माइक्रोफाइनान्स लघुवित्तको साधारणसभा चैत ५ गते , यस्ता छन् एजेन्डा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

नेशनल माइक्रोफाइनान्स लघुवित्तको साधारणसभा चैत ५ गते , यस्ता छन् एजेन्डा



काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत्र ५ गते वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाको फागुन ३ गते, सोमबार बसेको सञ्चालक समितिको बैठकले उक्त सभाको निर्णय गरेको हो । सभा क्रिक रिसोर्ट, धादिङमा बिहान १० बजेदेखि सुरू हुनेछ ।

सभामा संस्थाको पुस १९ गते, आइतबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई २१ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरि कुल २७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

साथै, सभामा संस्थाको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू रहेका छन् ।

संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि फागुन १४ गतेदेखि चैत्र ५ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, फागुन १३ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित : ५ फाल्गुन २०७७, बुधबार १५:०३