सुप्रिम साकोसको साधारण सभा कार्तिक १ गते, यस्ता छन् एजेन्डा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ पुस १ देखि प्रकाशित

सहकारी

सुप्रिम साकोसको साधारण सभा कार्तिक १ गते, यस्ता छन् एजेन्डा



काठमाडौँ । सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडले दशाैँ वार्षिक साधारण सभा आह्वान गरेकाे छ । संस्थाकाे हिजाे आश्विन १५ गते, बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार उक्त सभा कार्तिक १ गते शनिबारदेखि कार्तिक ४ गते मंगलबारसम्म संस्थाकाे मूख्य कार्यालय, महालक्ष्मीस्थानमा हुनेछ ।

त्यसैगरी, सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदनमा छलफल तथा अनुमाेदन गर्ने, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने, सदस्यहरूलाई शेयर लाभांश वितरण गर्ने लगायतका एजेन्डाहरू सभामा छलफल गरी पारित गरिनेछ ।

प्रकाशित : १७ आश्विन २०७७, शनिबार १७:१९