पुर्व सहकारी मन्त्री थानीलाई पितृ शोक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

सहकारी

पुर्व सहकारी मन्त्री थानीलाई पितृ शोक

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडाै । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा गरिवी निवारण तथा सहकारी पूर्व मन्त्री हृदयराम थानीलाई पितृ शोक परेको छ । पूर्वमन्त्री समेत रहेका थानीका ८८ वर्षीय पिता पदमलाल थानीको उपचारको क्रममा बिहीबार साँझ निधन भएको हो ।

कर्णाली प्रदेश अस्पतालमा उपचारको क्रममा उनको निधन भएको पारिवारीक स्रोतले जनाएको छ । ‘उहाँको श्वासप्रसासमा समस्या देखिएपछि प्रदेश अस्पतालमा ल्याइएको थियो’ काँग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीले भने, ‘उपचारको क्रममा उहाँको निधन भएको हो ।’ थानीका दुई छोरा र दुई छोरी छन् । उनको अन्तिम दाहसंस्कार शुक्रबार (आज) रानीघाटमा गरिने सभापति रेग्मीको भनाई छ ।

प्रकाशित : २६ भदौ २०७७, शुक्रबार ०७:५६ 11 September, 2020 7:56 am

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।