काठमाडाै । करिब डेढ महिना देखि स्थगित नेपाल कम्युनिष्ट पाटीको स्थायी कमिटीको बैठक आज बस्ने भएको छ ।
विवादको बिचमा साउन १३ गते बैठक बसेको थियो । त्यस पछी कुनै पनि बैठक बस्न सकेको थिएन । पार्टी भित्रको विवाद कम गर्न सचिवालयको बैठकले कार्यदल बनाएर प्रतिवेदन पनि तयार भइसकेको छ ।
प्रतिवेदनले विवाद समाधानका लागि उपाय दिएकाले अब स्थायी कमिटीको बैठकमा जानकारी दिने अध्यक्षद्धय केपी शर्मा ओली र प्रचण्डबीच सहमति भएपछि आज बैठक बस्न लागेको हो ।
विवाद समाधान कार्यदलको प्रतिवेदनबारे छलफल, अमेरिकी सहयोग परियोजना एमसीसी र केही अन्य विषयमा सामान्य छलफल गरेपछि स्थायी कमिटीको बैठक आजै टुङ्ग्याउन पनि अध्यक्षद्धयबीच सहमति भएको स्रोतले जानकारी दिएको छ ।
Comment