काठमाडौं । नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिंग्ज्को अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले २६ साउनदेखि सुरु हुनेगरी ‘स्मार्ट सेभेन डे अफर’ सार्वजनिक गरेको छ ।
यो योजना सुजुकीका सबै स्मार्ट हाईब्रिड रेन्ज गाडीमा लागू हुनेछ । बलेनो, एसक्रस, सियाज, इर्टिगा र एक्सएल६ स ुजुकीका स्मार्ट हाईब्रिड गाडी हुन् । यो योजना अन्तर्गत ग्राहकले तीन लाख ५० हजार रुपैयाँ बजारको ‘बेनेफिट’ र दुई लाख रुपैयाँसम्म एक्सचेन्ज बोनस पाउनुहुनेछ ।
कम्पनीले मात्र २५ प्रतिशतको डाउन पेमेन्टमा सहज फाइनान्सिङको व्यवस्था पनि गरेको छ । सीजी मोटोकर्पले एनआईसी एसिया बैंक लिमिटेडसँगको साझेदारीमा न्युनतम ८.२५ प्रतिशत ब्याज दरमा फाइनान्सिङको समेत घोषणा गरेको छ ।
यो योजना ३२ साउनसम्म यानि ७ दिनका लागि नेपालभरका सबै ३५ वटै सुजुकी आउटलेटमा उपलब्ध छ ।
Comment