काठमाडौं । नेपाली बजारमा सुनको भाउ हालसम्मकै सबैभन्दा महँगो भएको छ । बुधबार नेपाली बजारमा सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेर कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार ९२ हजार दुई सयमा कारोबार भएको छापावल सुनको भाउ बुधबार प्रतितोला ९२ हजार ८ सय रुपैयाँ तोकिएको छ भने तेजावी सुन ९२ हजार तीन सय ६० रुपैयाँमा कारोबार भईरहेको छ ।
चाँदीको भाउ प्रतितोला १० रुपैयाँले बढेको छ । बुधबार चाँदीको भाउ एक हजार पाँच रुपैयाँ प्रतितोला तोकिएको छ । अघिल्लो दिन तोलाको ९९५ रुपैयाँमा चाँदी कारोबार भएको थियो ।
कोभिड १९ को असर फैलिदो क्रलममै रहँदा सुनको भाउ अझै बढ्न सक्ने महासंघ बताएको छ ।
Comment