कोरोना कोषमा शुक्रपथ सहकारीको १ लाख ११ हजार सहयोग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

सहकारी

कोरोना कोषमा शुक्रपथ सहकारीको १ लाख ११ हजार सहयोग



काठमाडौं । शुक्रपथ बहुउद्देश्यीय सहकारीले कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १ लाख ११ हजार १ सय ११ रुपैंया सहयोगको घोषणा गरेको छ ।

आफ्नो १० औं वार्षिकोत्सवको अवसर पारेर विश्व कोरोना भाइरसको संक्रमणले थलिरहेको र नेपालमा समेत पूर्ण लकडाउनको अवस्थामा रहेको हुँदा दैनिक ज्याला मजदुरी गर्ने, कोठा भाडामा वस्ने लगाएतका विपन्न वर्गलाई राहत पुगोस् भन्ने उदेश्यले स्थापना भएको विपत व्यवस्थापन कोषमा उक्त रकम सहयोग गर्ने निणर्य भएको जनाएको छ ।

संस्थाले सदस्यहरुलाई विपतमा आवश्यक पर्ने खाद्यन्न तथा स्वास्थ्य उपचारको लागि आवश्यक पर्ने सिमित रकम झिक्नका लागि संस्थाले तोकेको सम्पर्क व्यक्तीसंग सम्पर्क गर्न सकिने जनाएको छ ।

संस्थाले २६ गते वुधबार देखि कार्यालय दैनिक विहान ११ बजे देखि दिउँसो १ बजे सम्म खोली आंशिक सेवा दिने समेत जनाएको छ ।

प्रकाशित : २५ चैत्र २०७६, मंगलवार २०:२७