लकडाउनले सहकारी क्षेत्रमा पार्ने प्रभावबारे अध्ययन हुँदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

सहकारी

लकडाउनले सहकारी क्षेत्रमा पार्ने प्रभावबारे अध्ययन हुँदै




काठमाडौं । राष्ट्रिय सहकारी महासंघले कोरोना भाइरसको संक्रमणले सहकारी क्षेत्रमा पार्ने प्रभावबारे अध्ययन गर्ने भएको छ ।

कोरोनाले प्रभावित भएको सहकारी क्षेत्रको क्षति मूल्यांकन र आगामी कार्यक्रम तय गर्नका लागि अध्ययन गर्न लागिएको हो ।

महासंघले सबै केन्द्रीय, जिल्ला तथा प्रारम्भिक संस्थाहरुलाई कोरानाले पारेको प्रभावबारे जानकारी दिन सर्कुलर गरेको खबर कारोबार दैनिकले छापेको छ ।

सबै जिल्लाबाट सूचनाहरु संकलन भएपछि एकीकृत प्रतिवेदन बनाउने महासंघकी महाप्रवन्धक चित्राकुमारी सुब्बाले जानकारी दिइन् । सरकारले लकडाउन घोषणा गरेसँगै अधिकांश सहकारी संस्थाहरु कार्यालय बन्द गरेर बसेका थिए ।

तर, संघिय सहकारी विभागले ६ बुँदे निर्देशन जारी गर्दै सहकारी संस्थालाई सदस्यको जीवन निर्वाहका लागि भुक्तानी तथा कर्जा प्रवाह गर्न खाताहरु सञ्चालन गर्न निर्देशन दिएको थियो ।

यसैगरी स्वास्थ्य तथा उपभोक्ता सहकारीहरुलाई भने सेवा नियमित राख्न निर्देशन दिइएको छ । निर्देशनपछि बचत तथा ऋण सहकारी संस्थाहरुले अप्ठेरो परेका सदस्यलाई सेवा दिन थालेका हुन् ।

संस्थाहरुले कार्यालय नखोले पनि अप्ठेरो परेका सदस्यलाई सेवा दिने भन्दै सम्पर्क व्यक्ति तोकेर सूचना जारी गरेका छन् । यसैगरी केहि संस्थाहरुले भने आंशिक समय कार्यालय खोलेर सेवा दिइरहेका छन् ।

यस्तै कृषि सहकारीहरुले दैनिक उपभोग्य सामानहरुको बिक्रीमा समेत सहजिकरण गर्न थालेका छन् । उपभोक्ता सहकारीहरुले सञ्चालन गर्दै आएको सहकारी पसलबाट समेत नियमित सेवा प्रवाह भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित : २३ चैत्र २०७६, आईतवार १४:१६