वैदेशिक रोजगारीका नाममा हराउने बढे ,सबै भन्दा बढी मलेसियामा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थतन्त्र

वैदेशिक रोजगारीका नाममा हराउने बढे ,सबै भन्दा बढी मलेसियामा



काठमाडौं। ‘मेरो श्रीमान् (सुप्ले राई) रोजगारीका लागि मलेसिया गएको १० वर्ष भो । दुई वर्षदेखि जिउँदो मरेको केही पत्तो छैन खोजिदिन पर्यो, म कहाँ जाउँ कसलाई भनौँ, यो भनिरहँदा सिन्धुलीकी सविता राईको गला अवरुद्ध मात्रै भएको थिएन आँखाबाट बरबर आँसु बगिरहेको थियो । अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवसका अवसरमा नेपाल रेडक्रस सोसाइटी विपद् व्यवस्थापन विभाग र प्रवासी नेपाली समन्वय समितिले सोमबार राजधानीमा आयोजना गरेको कार्यक्रममा उनले आफ्नो पीडा सुनाएकी हुन् ।

श्रीमान् सुप्ले मलेसियामा रहेकी फिलिपिन्स महिलासँग विवाह गरेर घरजम गरी बसेकाले सम्पर्कमा नआएको भन्ने सूचना श्रीमती सवितालाई थाहा छ तर कुन ठाउँमा के काम गर्छन् के कस्तो अवस्थामा छन् त्यो पनि थाहा छैन । तीन छोराछोरी र श्रीमतीलाई स्वदेशमा छोडेर उज्ज्वल भविष्यका लागि मलेसिया हानिएका सुप्ले एकाएक सम्पर्कविहीन भएपछि छोरोछोरीको लालनपालनको सम्पूर्ण जिम्मा अहिले सविताको थाप्लोमा छ । काठमाडौंको कोठा भाडा तिर्न नसकेर सडकमा आउनु पर्ने अवस्था आएको भन्दै सविताले भनिन्, मेरो श्रीमान्लाई जसरी हुन्छ
नेपाल झिकाइदिनुहोस् ।

यस्तै गोरखाकी पूजा गुरुङको पीडा त सविताको भन्दा पनि अझै भयावह छ । भर्खर विवाह गरेकी श्रीमतीलाई भविष्यका ठूला सपना बाँडेर छ वर्षअघि साउदी गएका श्रीमान् (गणेश गुरुङ) छ महिनापछि सम्पर्कमै छैन्न । पूजाले श्रीमान्को अवस्थाबारे केही जानकारी नभएकाले उनलाई स्वदेश फर्काउन सरकार र सरोकारवाला निकायसँग सोही कार्यक्रममै अपिल गिरन ।

प्रकाशित : १ पुष २०७६, मंगलवार ०७:४७