सामूहिक विकास साकोसले १२ प्रतिशत शेयर लाभांस वितरण गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

सहकारी

सामूहिक विकास साकोसले १२ प्रतिशत शेयर लाभांस वितरण गर्ने



सामूहिक विकास बचत तथा ऋण सहकारी संस्थाले २५ औं वार्षिक साधारण सभामा आर्थिक वर्ष २०७५÷७६ को खुद मुनाफावाट १२ प्रतिशत शेयर लाभांस वितरण गर्ने प्रस्ताव पारित गरेको छ । ्

२०५० सालमा सुरु भएको ५० सालमा २६ जना मिलेर मासिक दुई सय रुपैयां बचत संकलनबाट सुरु भएको यस सहकारी हाल प्रदेश ५ कै सबैभन्दा ठूलो शेयर पुंजी र कारोबार हुने सहकारी बन्न पुगेको छ। संस्थाले गत आर्थिक वर्षमा रु ७ करोड १७ लाख संचालन मुनाफा आर्जन गरेको छ। सहकारीको कूल सम्पत्ति रु २ अर्व ३० करोड रहेको छ भने शेयर पूँजी १७ करोड २३ लाख, निक्षेप १ अर्व ७७ करोड, ऋण लगानी रु १ अर्व ८० करोड रहेको छ ।

साधारण सभाले ४ वर्षका लागि निर्विरोध रुपमा १५ सदस्यीय संचालक समिति र ३ सदस्यीय लेखा सुपरीवेक्षण समितिको निर्वाचन गरेको छ । नयाँ कार्यसमितिको अध्यक्ष सुरेन्द्र कुमार वर्मा छन् भने उपाध्यक्ष लक्ष्मण ज्ञवाली रहेका छन्। सदस्यहरुमा टेकराज भण्डारी, माया उपाध्याय घिमिरे, नेत्रलाल वन, विष्णुहरी पन्थी, भुवनेश्वर अर्याल, हिरामाया थापा, रेश्मीराज पाण्डे, मिन प्रसाद पोखरेल, भुमिलाल सापकोटा, गंगा खरेल, राज कुमार गिरी, मिना भण्डारी. कमला ज्ञवाली चयन भएका छन् ।

प्रकाशित : 16 December, 2019 12:03 pm