बाजेको सेकुवा अब भक्तपुरमा पनि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

बाजेको सेकुवा अब भक्तपुरमा पनि



काठमाडाै । लोकप्रिय रेस्टुरेन्ट सञ्जाल बाजेको सेकुवा अब भक्तपुरमा पनि पाइने भएको छ। बुधबारदेखि भक्तपुरको गट्ठाघरमा नयाँ शाखा सञ्चालनमा आएको हो।

बाजेको भेन्चर प्रालिले फ्रान्चाइज मोडलमा विस्तार गरिरहेको नयाँ शाखाको बुधबार बाजेको सेकुवाकी निर्देशक नितिमा कार्की र समाजसेवी सरस्वती थापाले गरे।

विगत तीन महिनाको अवधिमा ललितपुरको कुमारीपाटी र अमेरिकाको डालासमा पनि शाखा सञ्चालन गरिएको थियो।

उपत्यका बाहिर पोखरा, भरतपुर, र बुटवलमा फ्रान्चाइज मोडेलमा रेष्टुरेन्ट सञ्चालन भइरहेको छ। अमेरिकाको न्युयोर्कमा पनि बाजेको सेकुवा हिमालयन ग्रिल भनेर सञ्चालनमा छ।

अस्टे«लिया, बेलायतमा पनि आगामी दिनमा विस्तार गर्ने योजना रहेको बाजेको सेकुवाका अप्रेसन प्रमुख सञ्जिव तिमल्सिनाले जानकारी दिए।
नेपालमा जनकपुर, नेपालगन्ज, वीरगन्ज, विराटनगर र चितवनको मुग्लिनमा शाखा सञ्चालनको तयारी भइरहेको जनाइएको छ।

प्रकाशित : ४ मंसिर २०७६, बुधबार १४:४८