नबोदित कलेजका राजु भण्डारी बने ‘‘टियू गोल्ड मेडलिष्ट’’ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

नबोदित कलेजका राजु भण्डारी बने ‘‘टियू गोल्ड मेडलिष्ट’’



काठमाडौं । त्रिभुवन विश्वविद्यालय स्नातक तहको व्यवस्थापन संकायतर्फ नबोदित कलेजका राजु भण्डारीले प्रथम स्थान (गोल्ड मेडलिष्ट) हाँसिल गरेका छन् ।

नवोदित विद्या कुञ्ज सामाखुशीमा अध्यनरत भण्डारीले नेपाल भरका विधार्थीहरुलाई पछि पार्दै ७८.६५% प्रतिशत अंकल ल्याई ‘टियु नेपाल टपर’ बन्न सफल भएका हुन् । भण्डारीले चार बर्षे व्यबस्थापन संकाय (२०७३–२०७६) अन्तर्गत प्रथम, दोश्रो, तेश्रो र चौथो बर्षमा क्रमश ७७.८०%, ७६.४०%, ७५.२०% र ८५.२०% प्रतिशत प्राप्त गर्न सफल भए ।

आफू नेपालभरबाट प्रथम भएको थाहा पाउँदा खुसीको सिमा नरहेको र यसमा नवोदित कलेज परिवारको ठूलो योगदान रहेको भण्डारीले बताए । उनले भने, ‘ भनिन्छ परिवारपछि स्कूल र कलेज नै शिक्षा दिक्षाको मुल श्रोत हो, कलेजमा गुरुहरुले दिनुभएको सुझावलाई अनुसरण गर्दै अगाडी वढ्दाको परिणाम हो, सम्पूर्ण गुरुहरुप्रति आभार प्रकट गर्दछु । ’

यसैबीच कलेजका प्रिन्सिपल राजेन्द्र अधिकारीले आफ्नो विद्यार्थीले गोल्ड मेडलिष्ट प्राप्त गर्दा गौराम्भित महशुस गरेको बताउँदै भण्डारीलाई बधाई तथा शुभकामना ब्यक्त गरे । भबिष्यमा कलेजले प्रदान गर्ने शिक्षालाई अझै प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता समेत जनाए ।

प्रकाशित : ४ मंसिर २०७६, बुधबार १४:०५