हिमालय एअरलाइन्स् दक्षिण पश्चिम चीनसँग जोडिँदै, काठमाडौंबाट गुइयाङ उडान « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

हिमालय एअरलाइन्स् दक्षिण पश्चिम चीनसँग जोडिँदै, काठमाडौंबाट गुइयाङ उडान



काठमाडौं। हिमालय एयरलाइन्स् नेपाल–चीन संयुक्त अन्तर्राष्ट्रिय वायुसेवा उद्यम, काठमाडौं र गुइयाङ (गुईझाउ प्रान्तको राजधानी शहर) जोड्ने नयाँ सेवा सुरु गरेको छ।

नेपाल भ्रमण बर्ष २०२० को संघारमा एयरलाइन्स्ले नयाँ बजार पहिचान गरेसँगै यसले त्यस प्रान्तबाट नेपाल भ्रमणमा आउने सम्भावित पर्यटकलाई प्रवद्र्धन र ध्यानाकर्षण गराउने उद्देश्य राखेको छ।

प्रत्येक बर्ष धेरैभन्दा धेरै पर्यटकलाई आकर्षण गर्ने सहर गुइयाङ चीनको प्रमुख पर्यटकीय शहर हो। हिमालय एअरलाइन्स् प्रत्येक मंगलबार काठमाडौंबाट गुइयाङका लागि उडान भर्नेछ र सोही दिन फर्केनेछ। हिमालय एअरलाइन्स् यी दुई शहरबीच सिधा उडान गर्ने एकमात्र एअरलाइन्स् हो।

नयाँ सेवा विस्तारसँगै नेपालीहरुले चीनमा नयाँ गन्तव्यस्थलका निम्ति सरल, मितव्ययी र सिधा सञ्जालको सुविधा पाउन सक्नेछन् । उद्घाटन उडान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मङ्सिर ३ गते स्थानीय समय १०ः२५ मा गुइयाङ्का लागि आफ्नो पहिलो उडान भरेको छ र चीनको गुइयाङ् लोङडोङबाओ अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय १५ः५८ मा अवतरण गरेको छ ।

आवागमन उडान गुइयाङ्को लोङडोङबाओ अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समय १८ः०८ मा फर्किएको छ र सोही दिन काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय १९ः३६ मा अवतरण गरेको थियो।

प्रकाशित : ४ मंसिर २०७६, बुधबार ०८:३९