सुजुकीको‘एस–प्रेसो’ अब नेपालमा, यस्ता छन बिशेषता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

सुजुकीको‘एस–प्रेसो’ अब नेपालमा, यस्ता छन बिशेषता



काठमाडौं । सुजुकीले नेपाली बजारमा बहुप्रतिक्षित पाँचौ पुस्ताको नयाँ एस प्रेसो सार्वजनिक गरेको छ । आईतबार एक कार्यक्रमको आयोजना गर्दै कम्पनीको आधिकारिक विक्रेता सिजी मोटोकर्पले उक्त कार सार्वजनिक गरेको हो ।

कम्पनीले आजैदेखि नेपालभरका ३६ ओटा सुजुकी रिटेल नेटवर्कमा उपलब्ध हुनेगरी उक्त कार सार्वजनिक गरेको हो । कम्पनीका अनुसार ५ स्पिड म्यानुअल ट्रान्समिशन रहेको उक्त कारमा विभिन्न १० भन्दा बढी सुरक्षा व्यवस्था राखिएको छ । यस्तै कारमा एसी सहितको हिटर, पावर स्टेयरिङ, एसेसरी सकेट, फ्रन्ट कन्सोल युटिलिटी स्पेस, रिमोट किलेस इन्ट्री, रियर पार्सल ट्रे, स्टेयरिङ माउन्टेड अडियो एन्ड भ्वाइस कन्ट्रोल जस्ता फिचर उपलब्ध छन् । उक्त कारले २१ दशमलव ७ किलोमिटर प्रति लिटर माईलेज दिन्छ ।

सुजुकी एस–प्रेसो विभिन्न चार भेरिएन्टमा उपलब्ध छ । कम्पनीका अनुसार स्ट्यान्डर्डको मूल्य २२ लाख ९९ हजार, एलएक्सआईको मूल्य २३ लाख ९९ हजार, भीएक्सआईको मूल्य २४ लाख ९९ हजार र भीएक्सआई प्लसको मूल्य २५ लाख ४९ हजार रुपैयाँ तोकिएको छ ।

दमदार एक्सटेरियर

नयाँ सुजुकी‘एस–प्रेसो’को डिजाइन ‘बोल्ड’ छ र एसयुभी गुणले पूर्ण छ । यसको ‘अपराइड ए–पिलर’ र ‘ब्याक डोर’ डिजाइनले यसलाई बलियो एसयुभीको स्वरुपदिएको छ । ‘मोर्डन ग्लास’ र ‘बडी’को अनुपातलाई सावधानीपुर्वक डिजाइन गरिएको छ जसले यसलाई ‘बोल्ड लुक’दिएको छ । साथै, ‘180mm हाई ग्राउन्ड क्लेरेन्स’ र ‘डोर–सिल’ले ‘एस–प्रेसो’को आत्मविश्वास र कठोरतालाई प्रस्तुत गर्छ । यसको स्वरुपलाई आर१४ टायर जडित वर्गाकार ‘ह्विल–आर्क’ले दमदार बनाइदिएको छ ।

यसमा प्रयोग गरिएको ‘अर्पेचर हेडल्याम्प’ र ‘ग्रिलग्राफिक्स’ले यो कारको ‘बोल्डनेस’लाई व्यापक बनाइदिएको छ । चौडा ‘सि–सिग्नेचर टेल ल्याम्प’लाई थोरै माथि सारिएको छ जसले यसको उपस्थितिलाई बलियो मात्र बनाएको छैन सडकमा सहजै चिन्नसकिने बनाएको छ ।

‘युनिक र युथफुल’इन्टेरियर

सुजुकी ‘एस–प्रेसो’मायुनिक र एक्साइटिङ इन्टेरियर डिजाइन रहेको छ जसले यसलाई छुट्टै ‘स्टाइल’दिएको छ । यसको केन्द्रमा‘डाइनामिक कन्सोल’ रहेको छ जुन‘टफ स्पोर्ट वाच’बाट प्रभावित छ र यसले विशेषगरी युवा ग्राहकलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ । योसँगै ‘ट्रेन्डी इन्फोटेन्मेन्ट सिस्टम र डिजिटल स्पिडोमिटर’ रहेको छ । यसले कारलाई ‘आइकनिक स्टाइल’दिलाउनुका साथै नयाँप्रविधि र ‘बोल्ड डिजाइन’को समिश्रण झल्काउँछ ।


‘एस–प्रेसो’को ‘सिटिङ लेआउट’थोरै अग्लो छ जसले ‘कमान्डिङ ड्राइभिङ पोजिसन’प्रत्याभुत गर्छ । यसमा पर्याप्त‘लेग रुम’समेत रहेको छ । ‘स्पोर्टी ब्ल्याक कलर स्किम’सहितको ठूलो ‘क्याबिन स्पेस’ले युवा ग्राहकमा उत्साह सञ्चार गर्ने अपेक्षा गरिएको छ ।


‘एस–प्रेसो’को अगाडि र पछाडिको भागमा‘युटिलिटी स्पेस’को पनिव्यवस्था गरिएको छ । यसमा‘ओपन ट्रे’, ‘ग्लोब बक्स’ र ‘डोर कन्सोल पकेट’ जस्ता धेरै ‘स्टोरेज अप्सन’हरु रहेका छ ।

रोमाञ्चक यात्राको लागि नयाँ ‘टेक्नोलोजी’

‘एस–प्रेसो’मा सेग्मेन्टमै पहिलो पटक ‘स्टेरिङ माउन्टेड अडियो एन्ड भ्वाइस कन्ट्रोल’ राखिएको छ । साथै, यसमाम्युजिक, इन्टरटेन्मेन्ट र नेभिगेसनको लागि‘स्मार्ट प्ले’जडित टचस्क्रिन छ जुन‘एन्ड्रोइड अटो, एप्पल कारप्ले’वाअन्यकुनै ‘स्मार्टप्ले स्टुडियो एक्पकम्पेटिबल’ छ ।
‘एस–प्रेसो’माबजारमा प्रमाणित र स्थापित १.० लिटरको बीएस६ मापदण्डमा आधारित ‘के टेन’इन्जिन रहेको छ जसले पर्फमेन्समाकुनै सम्झौतानगरी अद्वितीयमाइलेज दिन्छ ।

बेजोड ‘सेफ्टी फिचर’

यात्रु र बटुवाको सुरक्षा प्रत्याभुत गर्न सुजुकीले गरिरहेको निरन्तर प्रयासको परिणाम हो, ‘एस–प्रेसो’ । सुजुकीको ‘हार्टटेक्ट प्लेटफर्म’को पाँचौ पुस्तामानिर्माण गरिएको यो कारभारतको पछिल्लो सुरक्षा मापदण्डमा आधारित छ । ‘हार्टटेक्ट प्लेटफर्म’ले गाडीको ‘बडी’मा ‘इम्प्याक्ट एब्जोप्र्सन’ र ‘इनर्जी डिस्पर्सन’ राम्रो बनाइदिन्छ । यसले यात्रुको सुरक्षाप्रत्याभुत गर्छ ।

यसमा‘डुअल एअरब्याग’, ‘इबीडी’ (इलेक्ट्रोनिक ब्रेक फोर्स डिस्ट्रिब्युसन)सहितको ‘एबीएस’ (एन्टिलक ब्रेकिङ सिस्टम), ‘प्रि–टेन्सनर’ र ‘फोर्स लिमिटर’सहितको सिट बेल्ट, ड्राइभर र को–ड्राइभरका लागि सिट ‘बेल्ट रिमाइन्डर’, ‘रियर पार्किङ असिस्ट सिस्टम’, ‘हाई स्पिड वार्निङ एलर्ट’ र ‘रिभर्स पार्किङ सेन्सर’लगायतका सुरक्षाफिचरहरु रहेका छन् ।

प्रकाशित : १ मंसिर २०७६, आईतवार १५:१५