नेपालमा पनि आउने भयो सुजुकी एस–प्रेसो, प्रि–बुकिङ खुला, मूल्य २२ लाख ९९ हजार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

नेपालमा पनि आउने भयो सुजुकी एस–प्रेसो, प्रि–बुकिङ खुला, मूल्य २२ लाख ९९ हजार



काठमाडौं / भारतमा हालै लन्च भएको सुजुकीको नयाँ कार एस–प्रेसो नेपालमा समेत आउने तयारी भएको छ । ह्याचब्याक सेग्मेन्टको नयाँ कार खरिद गर्न चाहने उपभोक्तालाई लक्षित गरी नेपालका लागि आयातकर्ता कम्पनी सिजी मोटोकर्पले प्रि–बुकिङ खुला गरेको छ ।

बीएस ६ मापदण्डमा आधारित कारमा ९९८ सीसी क्षमताको इन्जिन जडान गरिएको छ । जसले ६८ पिएस पावर र ९० एनएम टर्क दिन्छ । कारले २१.७ किलोमिटर प्रतिलिटर माइलेज दिने क्षमता राख्छ । प्री बुकिङ खुला गर्दै कम्पनीले भनेको छ, ‘आधुनिक डिजाइनमा उपलब्ध एस–प्रेसोको एकपटक अनुभव गर्नुस् । तपाईंले एसयूभी कार चढेको महसुस गर्नुहुनेछ । इन्ट्री लेभलको कारमा उच्चस्तरीय सुविधा फिचर जडान गरिएको छ ।’

कम्पनीका अनुसार सुजुकीले पहिलोपटक ह्याचब्याक कारलाई एसयुभी सेग्मेन्टको डिजाइन दिएको छ । आधुनिक लुक्समा उपलब्ध कार यसअघिका मोडलभन्दा विल्कुलै प्रिमियम बनाइएको छ । आकर्षक लुक्सका साथै १८० एमएमको उच्च ग्राउन्ड क्लियरेन्स छ ।

तिहारको सेरोफेरोमा सो कार लन्च गर्ने योजना भएको र यसको मूल्य २२ लाख ९९ हजार रुपैयाँ देखि प्रारम्भ हुने सीजी मोटोकर्प स्रोतले जानकारी दिएको छ ।

माइलेज : यसको स्ट्यान्डर्ड र एलएक्सआई भेरिएन्टले प्रतिलिटर २१.४ किमी तथा भीएक्सआई एमटी र भीएक्सआई प्लस एमटी भेरिएन्टले २१.७ लिटर माइलेज दिन्छ । त्यसैगरी भीएक्सआई एजीएस र भीएक्सआई प्लस एजीएस भेरिएन्टले पनि २१.७ लिटर माइलेज दिन्छ ।

डाइमेन्सन : सो कारको लम्बाई ३५६५ एमएम, चौडाई १५२० एमएम र उचाई १५४९ एमएम छ । ह्विलबेस २३८० एमएम, सिटिङ क्यापासिटी ५ सिट र २७ लिटर इन्धन ट्यांकी छ ।

ब्रेकिङ सिष्टम : यसको फ्रन्टमा भेन्टिलेटेड र रियरमा ड्रम ब्रेक छ ।

सस्पेन्सन : यसको फ्रन्टमा म्याकफर्सन स्ट्रट विथ क्वाइल स्प्रिङ र रियरमा टर्सन बिम विथ क्वाइल स्प्रिङ सस्पेन्सन दिइएको छ ।

कलर अप्सन : सो कार सोलिड सिजल ओरेन्ज, पर्ल स्टेरी ब्लु, सुपर ह्वाइट, सोलिड फायर रेड, मेटालिक ग्रेनाइट ग्रे, मेटालिक सिल्की सिल्भर जस्ता ६ कलरमा उपलब्ध छ ।

फिचर : यसमा एसी सहितको हिटर, पावर स्टेयरिङ, एसेसरी सकेट, फ्रन्ट कन्सोल युटिलिटी स्पेस, रिमोट किलेस इन्ट्री, रियर पार्सल ट्रे, फ्रन्ट पावर विन्डो, टचस्क्रिन इन्फोटेनमेन्ट सिष्टम, एप्पल कारप्ले र एन्ड्रोइड अटो, यूएसबी कनेक्टिभिटी, एयूएक्स, स्टेयरिङ माउन्टेड अडियो एन्ड भ्वाइस कन्ट्रोल जस्ता फिचर उपलब्ध छन् ।

सेफ्टी फिचर : सुरक्षाका लागि यसमा हर्टेक्ट प्लेटफर्म, एयरब्याग, एबीएस, ईबीडी, सिट बेल्ट रिमाइन्डर, रिभर्स पार्किङ सेन्सर, स्पिड अलर्ट सिष्टम, क्र्यास कम्प्लाइन्स, इम्मोबिलाइजर, चाइल्ड प्रुफ रियर डोरलक, प्यासेन्जर साइड एयरब्याग, लो फ्युल वार्निङ, सिटबेल्ट प्रि–टेन्सनर एन्ड फोर्स लिमिटर, डोर अजर वार्निङ र पार्किङ ब्रेक वार्निङ जस्ता फिचर उपलब्ध छन् ।

प्रतिस्पर्धा : यो कारको प्रतिस्पर्धा रेनो क्विड, ड्याटसन रेडी गो र हुन्डाई स्यान्ट्रो आदिसँग हुनेछ ।

प्रकाशित : २८ आश्विन २०७६, मंगलवार ०७:५१