मनाङ्ग एयरको नयाँ हेलिकप्टरद्वारा व्यावसायिक उडान सुरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

मनाङ्ग एयरको नयाँ हेलिकप्टरद्वारा व्यावसायिक उडान सुरु



काठमाडाै । मनाङ्ग एयर प्रालिले नयाँ हेलिकप्टरद्वारा व्यावसायिक उडान सुरु गरेको छ । फ्रान्समा निर्मित एयरबस हेलिकोप्टरको ‘एएस ३५० बी ३ इ (एच १२५) हेलिकप्टर ९ एन–एएनजेबाट ब्यवसायिक उडान सुरु गरेको मनाङ्ग एयरले जानकारी दिएको छ ।

कम्पनीले सञ्चालन गरिरहेको २ थान हेलिकप्टरले २३ हजार फिटको उचाइसम्म सुरक्षित उडान गर्न सक्ने विज्ञप्तिमा उल्लेख छ ।

दक्ष पाइलट तथा प्राविधिकद्वारा पर्यटकीय, दृश्यावलोकन तथा उद्धार उडानमा थप भएको हेलिकप्टरको प्रयोगले यस विमान सेवाले प्रदान गर्ने सेवा अझ प्रभावकारी भएको सो एयरले विश्वास लिएको छ ।

प्रकाशित : २९ आश्विन २०७६, बुधबार ११:१०