सिटिजन लाइफको नयाँ शाखा कलैयामा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

सिटिजन लाइफको नयाँ शाखा कलैयामा



कलैया । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ७३औं शाखा बाराको कलैयामा संचालन गरेको छ ।

ग्राहकवर्गहरुको सुरक्षा र निश्चिन्तताको लागि नवीनतम जीवन बिमा योजनाहरु ल्याउन सदैव अग्रसर सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले उक्त नयाँ शाखाको उद्घाटन गरेका छन् ।

कलैयाका स्थानियहरुलाई बिमा योजनाहरु सम्बन्धि जानकारी प्रदान गर्न तथा सहज र सरल बिमाशुल्क भुक्तानी गर्नका निमित्त उक्त नयाँ शाखा खोलिएको कम्पनीले जनाएको छ ।

प्रकाशित : १२ जेष्ठ २०७६, आईतवार १३:४४