साढे दुई करोड धरौटीमा छुटे खड्का « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

साढे दुई करोड धरौटीमा छुटे खड्का



काठमाडौ । नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपाल खड्का २ करोड ५० लाख रुपैयाँ विशेष अदालतलाइ धरौटी बुझाएर छुटेका छन् ।

विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, सदस्य प्रमोदकुमार श्रेष्ठ वैद्य र नारायणप्रसाद पोखरेलको आजको इजलासले २ करोड ५० लाख रुपैयाँ धरौटी माग गर्ने आदेश दिएको थियो । नेपाल इन्भेस्टमेन्ट बैंक खड्काको धरौटी रकमका लागि ग्यारेन्टी बसेको छ ।

खड्काको आम्दानीको १८ करोड ६६ लाख रुपैयाँ स्रोत नखुलेको भन्दै अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको थियो । साथै,आयोगले अन्य ब्यक्तिको नाममा लुकाइराखेको ७ करोडभन्दा बढीको सम्पत्ति समेत जफतको माग दाबी गरेको थियो।

प्रकाशित : २९ माघ २०७५, मंगलवार १९:५९