पाँचथर पावरको आईपीअो निष्कासन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

पाँचथर पावरको आईपीअो निष्कासन



काठमाडौं । पाँचथर पावर कम्पनीको आईपीओ आजदेखि निष्कासन भएको छ । कम्पनीको ९६ करोड २५ लाख बराबरका ९६ लाख २५ हजार कित्ता शेयर पहिलो चरणमा पाँचथर जिल्लाका आयोजना प्रभावित र स्थानीयवासीका लागि खुल्ला गरिएको हो ।

उक्त शेयर छिटोमा माघ १४ गते र ढिलोमा माघ २९ गते बन्द हुनेछ । उक्त शेयरका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ९६२० कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ ।

पाँचथर हाइड्रोपावरको प्रतिशेयर नेटवर्थ ८६.६२ छ भने केयर रेटिङको गे्रड ४ रेटिङ प्राप्त गरेको छ । यसको पेब्याक अवधि ८।९४ बर्ष र १० प्रतिशत डिस्काउन्ट सहितको पेब्याक अवधि ११.९९ वर्ष प्रक्षेपण गरिएको छ ।

प्रकाशित : ३० पुष २०७५, सोमबार १०:२०