काठमाडौं । नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकको छनोट तथा सिफारिस समितिले कार्यकारी निर्देशक पदका लागि पाँच जनाको नाम छानेका छन् ।
निगम कार्यकारी निर्देशक छान्नका लागि गठित समितिले १७ आवेदकहरुमध्येबाट ५ जनालाई छानेको हो ।
समितिका संयोजक एवं वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नवराज ढकाल रहेको उक्त समितिद्धारा अनिलकुमार झा, तारानाथ पौडेल, रामप्रसाद धिताल, लोकबहादुरखड्का र सुरेन्द्रकुमार पौडेल छानेका छन् ।
गोपाल खड्काको राजनीनामा पछि निगमको रिक्त कार्यकारी निर्देशकमा सार्वजनिक संथानका कर्मचारीदेखि पूर्वमहाप्रबन्धक समेतले आवेदन दिएका थिए ।
Comment