काठमाडौं । एन आई सी एशिया बैंकको नयाँ शाखा कार्यालय इटहरी उप–महानगरपालिका वडा नं ५, सुनसरी स्थित पचरुखी शाखा स्थापना गरेको छ । एन आई सी एशिया बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोष कुमार राठीबाट सोमबार एक समारोहका बिच उद्घाटन गरेको हो ।
बैंकको मुलुकभर २७० शाखा कार्यालयहरु, २८७ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २० वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।
बैंकको वासलातको आकार रू. २११ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १६९ अर्ब तथा कर्जा रू. १४५ अर्ब पुगिसकेको छ ।
हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १४ लाख रहेको जनाएको छ ।
Comment