चौतारी लघुवित्त वित्तीयकाे आइपीओ निश्कासन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

चौतारी लघुवित्त वित्तीयकाे आइपीओ निश्कासन



काठमाडौं। चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि एक सय रुपैयाँ अंकित ५ लाख ६० हजार ७ सय कित्ता शेयरको आइपीओ बिक्री आजबाट सुरु गरेको छ । यो वित्तीय संस्थाले आजबाट छिटोमा २३ र ढिलोमा पुस १९ सम्मको लागि शेयर आवेदन माग गरेको छ । यसले साधारण शेयरमा ५० देखि ३ हजार कित्तासम्म शेयर आवेदन दिन पाइने व्यवस्था गरेको छ ।

कम्पनीले कुल ६ लाख कित्तामध्ये ९ हजार ३०० कित्ता (०.५०%) सेयर कर्मचारी र ३० हजार कित्ता (५%) सेयर म्युचुअल फन्डलाई छुट्यएर बाँकी सेयर सर्वसाधारणलाई बिक्री गर्न खुला गरेको हो ।

लगानीकर्ताले सी–आस्वाको माध्यमबाट सेयर भर्न सक्नेछन् । यसमा एनआइबीएल एस क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ।

हाल चौतारीको चुक्तापूँजी १२ करोड ६० लाख रुपैयाँ रहेको छ । आइपीओपछि १८ करोड ६० लाखको उचाईमा पुग्नेछ । कम्पनीको आइपीओलाई इक्रा नेपालले आइपीओ ग्रेड फोरको रेटिङ प्रदान गरेको छ । यसको अर्थ कम्पनीको अवस्था औसत भन्दा कमजोर छ भन्ने हो ।

 

प्रकाशित : १९ मंसिर २०७५, बुधबार १२:२७