मंगलबार नेप्से १० दशमलव २७ अंकले उकालो लागेर बन्द « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

मंगलबार नेप्से १० दशमलव २७ अंकले उकालो लागेर बन्द



काठमाडौँ। मंगलबार नेप्से उकालो लागेर बन्द भएको छ। आज नेप्से १० दशमलव २७ अंकले उकालो लागेको छ । आज कारोबारमा आएको ट्रेडिड. र होटेल समुह बाहेक अरु सबै समुहले कमाएको छ। आज कारोबारमा आएको १६१ कम्पनीको १२ लाख २२ हजार १ सय ४४ कित्त सेयर बाट ३८ करोड २६ लाख ५९ हजार ६७ रुपैयाको कारोबार भएको छ ।
आज सबै भन्दा धेरै विकास बैँक समुहले कमाएको छ । आज विकास बैँक समुह ३२ दशमलव ०२ अंकले उकालो लागेको छ । आज लाइफ इन्स्योरेन्स समुह २० दशमलव ०१ अंकले, अन्य समुह १८ दशमलव ६९ अंकले , न्नलाइफ इन्स्योरेन्सले समुह १५ दशमलव ११ अंकले, लघुवित्त समुह ७ दशमलव ७५ अंकले,जलविधुत समुह ७ दशमलव ४४ अंकले,बैँक समुह ७ दशमलव २२ अंकले र फाइनान्स समुह २ दशमलव ५२ अंकले उकलो लागेको छ।
आज टे«डिड. समुह र होटल समुह भने ओरालो लागेको छ । आज होटल समुह ३ दशमलव ८१ अंकले र टे«डिड. समुह ० दशमलव ५१ अंकले ओरालो लागेको छ।

प्रकाशित : १८ मंसिर २०७५, मंगलवार १५:१९