काठमाडौ। नेपालमा टोस्टमास्टर्सको गतिविधी बढ्दो प्रवृतिमा छ, १४ ओटा क्लबहरू र करीब ५०० सदस्यहरुको साथमा नेपालले मंसिर १५ ,२०७५ (शनिवार) को दिन होटल हिमालयमा बिहान ९ बजे देखि बेलुका ९ बजे सम्म आफ्नो पहिलो डिभिजन सम्मेलन आयोजना गरेको थियो । नेपालका १४वटा टोस्टमास्टर्स क्लबहरूबाट २५० सदस्यहरू सम्मेलनमा उपस्थित भएका थिए । यी सदस्यहरू कर्पोरेट, बैंकरहरू, व्यवसायिक व्यक्तित्वहरू, शिक्षकहरू, पर्यटक उद्यमीहरू, कार्यकारीहरू, सल्लाहकारहरू, मिडिया व्यक्तित्वहरू र कार्यरत व्यावसायि देखि कलेजहरूका युवा विद्यार्थीहरू रहेका थिए ।
उक्त समारोहमा टोस्टमास्टर्स नेपालको लागि अफिसल वेबसाईट https://toastmastersnepal.org/ पनि लन्च गरियो ।
भारतको बेंगलोरका एक प्रतिष्ठित टोस्टमास्टर डा. राजदिप मानवानीले सम्मेलनमा आफ्नो मुख्य टिप्पणीहरू दिए र टक सेसनको आयोजना पनि गरे । डा. मनवानी एक शिक्षाविद्, प्रशिक्षक, प्रेरक वक्ता, जीवनकोच, सल्लाहकार र उत्कृष्ट क्विजÞमास्टर रहेका छन् ।डा. मनवानीले तीन विधामा स्नातकोत्तर र पीएच डी का साथै एम.कम., एम.बी.ए र एम.फिल तथा वाणिज्य बैंकमा प्रशिक्षणको सामरिक मूल्याङ्कनमा वाणिज्यमा डाक्टर पनि पूरा गरेका छन् ।
नेपालका प्रतिष्ठित जूरी समूहद्वारा छानिएका मिडिया व्यक्तित्व डा.स्वर्णिम वाग्लेलाई “कमुनिकेसशन अवार्ड २०१८ प्रदान गरियो । यस प्रकारको पुरस्कार पहिलो पटक गैर टोस्टमास्टर सदस्यलाई प्रदान गरिएको हो। नेपाल टोस्टमास्टर्सले यस प्रकारको अवार्ड हरेक वर्ष प्रदान गर्नेछ । कार्यक्रममा प्यानलिस्ट चाँदनी जोशी, रितु सिंह वैद्य र सुमना श्रेष्ठको साथ महिलाहरूको पुस्तैनि नेतृत्वको women leadership across generations विषयमा प्यानल बहस भएको थियोे । छलफल कार्यस्थलमा महिलाहरूद्वारा सामना गर्ने चुनौतीहरू र समाधानका सम्भावित तरिकाको बारेमा ध्यान केन्द्रित गरिएको थियो । प्यानल बहस टोस्टमास्टर रविन लामाद्वारा संचालित गरिएको थियो ।
नेपालका डिभिजन ए को सबै फाइनलिस्ट हियुमरस र इभ्यालुएशन स्पिच चरणमा प्रतिस्पर्धा भयो । भाषण मुल्यांकन प्रतियोगिताको बिजेता टोस्टमास्टर असिरा खनाल र हास्य भाषण प्रतियोगिताको बिजेता टोस्टमास्टर रुजल लाल जोसी भए । दुवै प्रतियोगिताका विजेताहरु भारतको कोलकातामा २०१९ मे महीनामा माथिल्लो स्तरको प्रतिस्पर्धाका लागि जानेछन् । यी प्रतियोगिताहरू टोस्टमास्टर्स इन्टरनेसनलद्वारा निर्र्देेिशत टोस्टमास्टर्स इन्टरनेसनल दिशा निर्देशनहरूको अनुसार व्यवस्थित गरिन्छ जसले हरेक वर्ष विश्वस्तरको भाषण प्रतियोगिता आयोजना गर्दछ ।
हास्य भाषण प्रतियोगिता— हियुमरस स्पिच
Position | Name |
1st | टोस्टमास्टर रुजल लाल जोसी |
2nd | टोस्टमास्टर कौसल्या देवी खड्का |
3rd | टोस्टमास्टर राहुल चोखानी |
भाषण मुल्यांकन प्रतियोगिता
Position | Name |
1st | टोस्टमास्टर असिरा खनाल |
2nd | टोस्टमास्टर सदीक्ष्या सिंह |
3rd | टोस्टमास्टर प्रतिस्ठा सापकोटा |
टोस्टमास्टरका सदस्यहरूले पनि उनीहरूको प्रतिभालाई स्टेजमा प्रदर्शन गरे । नेपालकी प्रथम वेंट्रिलोक्विस्ट, प्रसिद्ध स्टैंड अप कमेडियन टोस्टमास्टर सिमागोल्छले आफ्नो विशेष प्रतिभाको प्रदर्शन गर्नु भयो । अन्यप्रतिभाशाली टोस्टमास्टर्सले पनिआफ्नो विशेष प्रतिभादर्शकसामु प्रदर्शन गरे ।
नेपालका डिभिजन निर्देशक, विशिष्ट टोस्टमास्टर रन्जितआचार्यले भने, “पहिलो नेपाल टोस्टरमास्टर सम्मेलनको आयोजना गरेकोमा, हामीआज धेरै खुसि छौ । लगभग ५०प्रतिसत सदस्यहरूले आज भाग लिए र लाभ उठाए । सिक्नु, नेतृत्व गर्नु र सहयोग गर्नु —लर्न, लिड र लेभरेज (Learn ,Lead and Leverage) हाम्रो मूल नारा थियो र हामीलाई आशा छ कि हामीले हाम्रा सदस्यहरुलाई उक्त सार दर्शाउन सफल भयाँै ।
एसोसिएट क्लब ग्रोथका निर्देशक प्रतिष्ठित टोस्टमास्टर सुमन शाक्यले भने, “हामी हाम्रा सदस्यहरुको सहभागिता हेरेर उत्साहित भएका छौं । यो कार्यक्रमले कोशे ढ़ूँगोको काम गरेको छ र अब हामीलाई अन्य शहरहरूमा पनि टोस्टमास्टर विस्तार गर्न मद्दत गर्नेछ “।
यस सम्मेलनलाई भारत बाट प्रोग्राम गुणस्तर निर्देशक वरिष्ठ टोस्टरमास्टर प्रशान्त गोयलको पनि उपस्थिति रहेको थियो ।
Comment