काठमाडौं । चौतारी लघुवित्त वित्तीय संस्थाले मंसिर १९ गते देखि ५ लाख ६० हजार ७०० कित्ता आइपीओ खुला गर्ने भएको छ । कुल ६ लाख कित्तामध्ये ९ हजार ३०० कित्ता (०.५%) सेयर कर्मचारी र ३० हजार कित्ता (५%) सेयर म्युचुअल फन्डलाई छुट्यएर बाँकी सेयर सर्वसाधारणलाई बिक्री गर्न लागिएको हो ।
न्यूनतम ५० कित्तादेखि अधिकतम ३ हजार कित्तासम्म आवेदन दिन पाउने आइपीओमा मंसिर २३ गतेसम्म आवेदन दिन सकिनेछ । त्यस अवधिमा सबै सेयर नबिकेमा भने पुस १९ गतेसम्म भर्न सकिने छ । लगानीकर्ताले सी–आस्वाको माध्यमबाट सेयर भर्न सक्नेछन् । यसमा एनआइबीएल एस क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ । रेटिङ एजेन्सी इक्रा नेपालले चौतारीको आइपीओलाई ‘ग्रेड ४’ रेटिङ दिएको छ ।
Comment