हेटौडामा नेपाल इन डाटाको ‘तथ्याङ्कमा आधारित पत्रकारिता’ तालिम सुरू « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

हेटौडामा नेपाल इन डाटाको ‘तथ्याङ्कमा आधारित पत्रकारिता’ तालिम सुरू



काठमाडौं । विकास उद्यमीको नेपाल इन डाटा अभियानले प्रदेश ३ को राजधानी हेटौडामा  ३ दिने ‘तथ्याङ्कमा आधारित पत्रकारिता’ तालिम आइतबारबाट सुरु भएको छ।  मङ्सिर १६, १७ र १८ गते हेटौडाको होटल सामनामा हुने उक्त नि:शुल्क आवासीय तालिममा प्रदेश २ र ३ का राष्ट्रिय तथा स्थानीय दैनिकबाट परेका ८० आवेदकहरूमध्ये छानिएका २० जना पत्रकार सहभागी भइरहेका छन्। प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्री  कैलाश प्रसाद ढुंगलेको प्रमुख आतिथ्यतामा सुरू भएको कार्यक्रममा सोही मन्त्रालयका सचिब  केवल प्रसाद भण्डारी, नेपाल पत्रकार महासंघ प्रदेश ३ का शभापति  प्रताप बिष्ट र नेपाल पत्रकार महासंघ मकवानपूरका शभापति  हरि हुमागाँईले सम्बोधन गरेका थिए। तालिम प्रदेश ३ सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालय र नेपाल आर्थिक पत्रकार समाज (सेजोन)को सहकार्यमा आयोजना भएको हो।

समाचार तथा लेखको माध्यमबाट स्वास्थ्य, शिक्षा, अर्थव्यवस्था, वित्त, गरिबी जस्ता विकासका विषयमा सूचना संप्रेषण गर्दा तथ्याङ्कमा आधारित भएर गर्न पत्रकारलाई अभिप्रेरित गर्नु तालिमको मुख्य उद्देश्य रहेको विकास उद्यमीका प्रमुख कार्यकारी अधिकृत सन्तोष गड्तौलाले बताए। कार्यक्रममा तथ्यांकको महत्वबारे बोल्दै तथ्यांकशास्त्री शोभा नानी शाक्यले तथ्याङ्क र पत्रकारिता दुई अलग विषय नभएको हुँदा तीनलाई एकीकृत गरी प्रभावकारी र स्पष्ट सूचना जनतासम्म पुर्याउनुपर्ने कुरामा तालिम सहयोगी हुने आशा व्यक्त गरिन्।

नेपाल इन डाटा, विकास उधमीको एक अभियान हो। यसले खुल्ला डाटा र तथ्याङ्कको प्रयोगलाई प्रभावकारी बनाउन डाटा साक्षरताको क्षेत्रमा काम गरिरहेको छ। पत्रकारिता जस्तै जनतामा प्रत्यक्ष प्रभाव पार्ने अन्य विविध क्षेत्रको पहिचान गरी ती क्षेत्रमा तथ्याङ्कको प्रयोग बढाउन क्षमता पहल गरिरहेको छ। यसअघि पनि नेपाल इन डाटाले रामेछाप, भरतपूर, भोजपूर, डडेलधुरा जस्ता जिल्लाहरूमा स्थानीय युवा, विद्यार्थी, सरोकारवाला पक्ष, र सरकारी निकायहरूलाई डाटा साक्षरता र प्रयोग विषयमा कार्यशालाहरू सम्पन्न गरिसकेको छ।

प्रकाशित : 2 December, 2018 4:29 pm