काठमाण्डौ । नेपालमा पहिलो पटक आयोजना गरिएको एसिया प्यासिफिक समिट – २०१८ मा सहभागी हुन काठमाण्डौ आउनु भएका नाउरुका सम्माननीय राष्ट्रपति बरुनदिभेदीवाबा तथा फिलिपिन्सकी माननीय उपराष्ट्रपति लिनि रोब्रुडोले मंसिर १५ गते चन्द्रागिरि केबलकारको भ्रमण गर्नुभएको छ । अनौपचारिक भ्रमणको क्रममा रहेका अति विशिष्ट पाहुनालाई चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्र प्रसाद ढकाल तथा संचालकहरु हेमराज ढकाल र कल्याण गुरुङ्गले स्वागतगर्दै परियोजनाको स्थलगत भ्रमण गराएका थिए।
भ्रमणमा सहभागी नाउरुका सम्माननीय राष्ट्रपति र फिलिपिन्सकी उपराष्ट्रपतिले चन्द्रागिरि अत्यन्तै सुन्दर ढङ्गले निर्माण गरिएको र चन्द्रागिरिबाट एकदमै सुन्दर दृष्य देखिएको प्रतिक्रिया दिदै आगामी दिनमा फेरी भ्रमण गर्ने इच्छा रहेको बताउनु भयो । साथै चन्द्रागिरि हिल्सका सम्पूर्ण परिवारलाई बधाई तथा धन्यवाद समेत दिनु भयो ।
ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हल लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरि रहेको छ ।
१६ मंसिर २०७५, आईतवार १२:१४
Comment