बिहिबार नेप्से १० दशमलव ३७ अंकले ओरालो लागेर बन्द « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

बिहिबार नेप्से १० दशमलव ३७ अंकले ओरालो लागेर बन्द



काठमाडौँ। कारोबारको अन्तिम दिन आज बिहिबार नेप्से ओरालो लागेर बन्द भएको छ। आज नेप्से १० दशमलव ३७ अंकले ओरालो लागेको छ । आज कारोबारमा आएको फाइनान्स र उतपादनमुलक समुह बाहेक अरु सबैँ समुहले गुमाएका छन् । आज कारोबारमा आएको १६१ कम्पनीको १० लाख ६२ हजार ४३ कित्त सेयर बाट ३२ करोड २९ लाख ४७ हजार ९ सय ८३ रुपैयाको कारोबार भएको छ ।
आज सबै भन्दा धेरै न्नलाईफ इन्स्योरेन्स समुहले गुमाएको छ। आज न्नलाईफ इन्स्योरेन्स समुह १ सय ५ दशमलव १७ अंकले ओरालो लागेको छ । आज लाइफ इन्स्योरेन्स समुह ४७ दशमलव ७६ अंकले, लघुवित्त समुह २४ दशमलव २३ अंकले, विकास बैँक समुह ११ दशमलव २७ अंकले, होटल समुह ९ दशमलव ५७, बैँक समुह ९ दशमलव ३८ अंकले, ट्रेडिड. समुह ३ दशमलव ४६ अंकले, जलविधुत समुह २ दशमलव ७१ अंकले र अन्य समुह २ दशमलव ३१ अंकले ओरालो लागेको छ।
आज फाइनान्स र उतपादनमुलक समुह भने उकालो लागेको छ । आज उतपादनमुलक समुह १ दशमलव ०२ अंकले उकालो लागेको छ ।आज फाइनान्स समुह ० दशमलव १३ अंकले उकालो लागेको छ ।

प्रकाशित : १३ मंसिर २०७५, बिहीबार १५:२१