अनलाईन कारोबारको कार्यतालिका सार्वजनिक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

अनलाईन कारोबारको कार्यतालिका सार्वजनिक



काठमाडौं । नेप्सेले आम लगानीकर्ताको हातमा अनलाइन कारोबार प्रणालीको पहुँच पुर्याउन नयाँ कार्यतालिका सार्वजनिक गरेको छ । सोमबार लगानीकर्ताहरुले अनलाइन कारोबारका लागि तत्काल युजर नेम र पासवर्ड उपलब्ध गराउन दबाब दिएपछि नेप्सेले कार्यतालिका बनाएर काम सुरु गर्न लागेको हो ।

नेप्सेले कार्यतालिका अनुसार मंसिर १६ गते अनलाईन कारोबार प्रणालीमा कारोबार गर्ने तरिका सिक्नका लागि लगानीकर्तालाई युजर नेम र पासवर्ड उपलब्ध गराउनेछ । त्यसपछि मंसिर २३ गते लगानीकर्तावाट प्राप्त हुने उचित सुझावहरुलाई समेत टिएमएसमा समावेश गरी धितोपत्र दलालसंग सम्झौता गरेका लगानीकर्तालाई युजर नेम र पासवर्ड उपलब्ध गराउने नेप्सेले जनाएको छ ।

यस्तै पुस १७ गते देखि ब्रोकर कम्पनीसंग सम्झौता भएका लगानीकर्ताहरुलाई युजर नेम र पासवर्ड उपलब्ध गराउने कार्यलाई निरन्तरता दिएर सम्पुर्ण प्रयोगकर्तालाई अनलाईन कारोबार प्रणाली खुल्ला गरिने छ ।

प्रकाशित : ११ मंसिर २०७५, मंगलवार १४:२१