काठमाडौं ।लगानीकर्ताको चर्को दबाबपछि नेप्सेले यही मंसिर २३ गतेदेखि पूर्ण अनलाइन सुरु गर्ने घोषणा गरेको छ । अनलाइन प्रणालीमा समस्या उत्पन्न भएको विरोधमा नेप्से घेराउ गर्न सोमबार पुगेका लगानीकर्तासँग भएको छलफलमा नेप्सेका सीईओ चन्द्रसिंह साउदले सबै लगानीकर्ताले युजर आईडी र पासवर्ड पाउने आश्वासन दिएका हुन् । अनलाइन प्रणाली लगानीकर्ताको हातमा छाड्नु अघि तालिम दिने पनि बताएका छन् ।
कार्तिक २० गतेदेखि सञ्चालनमा आएको शेयर कारोबारको अनलाइन प्रणालीमा समस्या उत्पन्न भएपछि शेयर लगानीकर्ताका चारवटा संगठनले आज नेप्से घेराउ गर्न गएका थिए ।
Comment