लगानीकर्ताहरुद्वारा नेप्से घेराउ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

लगानीकर्ताहरुद्वारा नेप्से घेराउ



काठमाडौं। शेयरको अनलाइन कारोबार व्यवस्थित नहुँदा १५ लाख लगानीकर्ताको १४ खर्बभन्दा बढीको सम्पत्ति जोखिममा परेको भन्दै शेयर बजारका लगानीकर्ताहरुले अाज  बिहानदेखि नेप्से कार्यालय घेराउ गरेका छन् ।

शेयर बजारका लगानीकर्ताहरुको चार वटै संगठन नेपाल इन्भेष्टर्स फोरम, शेयर लगानीकर्ता संघ, नेपाल पुँजीबजार लगानीकर्ता संघ र नेपाल पुँजीबजार संघको आह्वानमा लगानीकर्ताहरुले नेप्से कार्यालय घराउ गरेका हुन्।

नेप्सेले ल्याएको अनलाइन कारोबार प्रणालीमा चरम लापरवाही तथा कमजोरी देखिएको भन्दै दबाब दिन कार्यक्रम आयोजना गरिएको लगानीकर्ताहरुले बताएका छन् । अनलाइन प्रणालीमा आइतबार पनि समस्या देखिएको थियो ।

प्रकाशित : 26 November, 2018 12:19 pm