काठमाडौं । सामुदायिक लघुवित्तको आइपीओ सोमबार बाँडफाँट भएको छ । यसमा गोलाप्रथाबाट २७ हजार ३०० जना आवेदकले १० कित्ताको दरले आइपीओ हात पारेका छन् । कुल २ लाख ५५ हजा ३१६ जनाले आवेदन दिएकाेमा ६४९ जनाको आवेदन रद्द भएको छ ।
कम्पनीले मंसिर २ गतेदेखि ५ गतेसम्म ३ लाख कित्ता आइपीओ बिक्री खुला गरेको थियाे । जसमध्ये (४५%) १२ हजार कित्ता सेयर कर्मचारी र (५५%) १५ हजार कित्ता सेयर म्युचुअल फन्डहरुलाई छुट्याएको थियो । यसबाट बाँकी रहेको २ लाख ७३ हजार कित्ता सेयर सर्वसाधारणलाई बिक्री खुला गरिएको हो ।सामुदायिकको आइपीओमा कुल १ करोड ६५ लाख ७७ हजार ११० कित्ताका लागि आवेदन परेको थियो ।
१० मंसिर २०७५, सोमबार ११:३९
Comment