काठमाडौँ। कारोबारको पहिलो दिन आज आइतबार नेप्से ओरालो लागेर बन्द भएको छ। आज नेप्से १४ दशमलव ८२ अंकले ओरालो लागेको छ । आज कारोबारमा आएको सबैँ समुहले गुमाएका छन् । आज कारोबारमा आएको १५४ कम्पनीको ८ लाख ४० हजार ५५ कित्त सेयर बाट २५ करोड ६ लाख ४२ हजार ४ सय ७५ रुपैयाको कारोबार भएको छ ।
आज सबै भन्दा धेरै न्नलाईफ इन्स्योरेन्स समुहले गुमाएको छ । आज न्नलाइफ इन्स्योरेन्स समुह ९६ दशमलव ७६ अंकले ओरालो लागेको छ ।आज उतपादनमुलक समुह ५० दशमलव ५४ अंकले, लाइफ इन्स्योरेन्स समुह ४४ दशमलव ४ अंकले, होटल समुह २८ दशमलव ८७ अंकले, जलविधुत समुह २४ दशमलव ८९ अंकले, लघुवित्त समुह २२ दशमलव ४५ अंकले, बैँक समुह १२ दशमलव ६४ अंकले, अन्य समुह ७ दशमलव ७१ अंकले, विकास बैँक समुह ६ दशमलव ४७ अंकले र फाइनान्स समुह ५ दशमलव १६ अंकले ओरालो लागेको छ ।
९ मंसिर २०७५, आईतवार १५:३२
Comment