१६ औं हस्तकला व्यापार मेला २८ कात्तिक देखि, देश विदेशका २०० भन्दा वढी स्टल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

१६ औं हस्तकला व्यापार मेला २८ कात्तिक देखि, देश विदेशका २०० भन्दा वढी स्टल



काठमाडाैँ । कात्तिक २८ गतेदेखि राजधानीको भृकुटीमण्डपमा १६ औं हस्तकला व्यापार मेला तथा १४ औं हस्तकला प्रतियोगीता आयोजना हुने भएको छ । नेपाल हस्तकला महासंघ र व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले आयोजना गर्ने मेला मंसिर २ गतेसम्म सञ्चालन हुनेछ भने हस्तकला प्रतियोगीतामा देशभरका व्यवसायीहरुको सहभागीता रहनेछ ।
मेलामा काष्ठकला, धातुकला, चाँदी तथा अन्य धातुका गरगहना, फेल्टका सामान उनी तथा सुर्ती एवं ढाकाका सामान, पस्मिना, हाते कागजका सामान, छालाजुत्ता तथा छालाजन्य सामान, प्राकृतिक रेसा र वाँसका सामानहरु प्रर्दशनी तथा बिक्रिका लागि राखिने हस्तकला महासंघका अध्यक्ष धर्मराज शाक्यले जानकारी दिए ।
मेलामा हस्तकला बिधामा संलग्न कलाकारहरुको प्रतिभा पहिचान गर्न १४औं हस्तकला प्रतियोगिता समेत आयोजना गरिएको छ र यस बर्ष मैनको मुर्ति बनाउने र ढाँकाको कपडा बुनाई विषयलाई समेटिएको छ । नेपालमा हस्तकलाको बजार करिब १० अर्बको रहेको छ भने सोही मात्रामा निर्यात हुने गरेको छ ।
अमेरिका, युरोपियन मुलुकहरु, चीन, भारत लगायत अन्य मुलुकहरुमा २५ भन्दा बढि बिभिन्न प्रकारका हस्तकला बस्तुहरुको निर्यात भैरहेको छ । हस्तकला क्षेत्रमा झण्डै ११ लाख व्यक्तिहरुले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपबाट रोजगारी प्राप्त गरी रहेका छन ।
मेलालाई नेपाल उद्योग वाणिज्य महासंघ, काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, नेपाल पर्यटन बोर्ड, नेपाल चेम्वर अफ कमर्श, ललितपुर उद्योग वाणिज्य संघ, स्वच्छ व्यवसायी समूह नेपालले सहयोग गरेका छन । मेलामा ४५ जिल्लाका २०० वटा भन्दा बढी स्टलहरु सहभागी हुनेछन । मेलामा भारत, चीन, पाकिस्तान, श्रीलंका र बंगलादेशका २० वटा स्टलहरु रहनेछन ।

प्रकाशित : २७ कार्तिक २०७५, मंगलवार १४:०१