काठमाडौँ। कारोबारको पहिलो दिन आज आइतबार नेप्से ओरालो लागेर बन्द भएको छ। आज नेप्से १३ दशमलव ७ अंकले ओरालो लागेको छ । आज कारोबारमा आएको अन्य समुहले बाहेक अरु सबै समुहले गुमाएका छन् । आज कारोबारमा आएको १५४ कम्पनीको २७ लाख २९ हजार १ सय ३० कित्त सेयर बाट ५६ करोड ४७ लाख ८७ हजार ७ सय ३६ रुपैयाको कारोबार भएको छ ।
आज सबै भन्दा धेरै लाईफ इन्स्योरेन्स समुहले गुमाएको छ। आज लईफ इन्स्योरेन्स समुह ८७ दशमलव ५२ अंकले ओरालो लागेको छ । आज न्नलाइफ इन्स्योरेन्स समुह ६५ दशमलव ३९ अंकले, बैँक समुह १७ दशमलव १९ अंकले, उतपादनमुलक समुह १५ दशमलव २३ अंकले, जलविधुत समुह १० दशमलव १८ अंकले, लघुवित्त समुह ८ दशमलव ६६ अंकले, विकास बैँक समुह ७ दशमलव १७ अंकले, होटल समुह ५ दशमलव ०४ अंकले, फाइनान्स समुह ३ दशमलव ५७ अंकले ओरालो लागेको छ ।
आज अन्य समुह भने उकालो लागेको छ । आज अन्य समुह ४ दशमलव २३ अंकले उकालो लागेको छ।
१८ कार्तिक २०७५, आईतवार १५:२४
Comment