अाइतबार नेप्से १३  दशमलव ६२ अंकले ओरालो लागेर बन्द भयाे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

अाइतबार नेप्से १३  दशमलव ६२ अंकले ओरालो लागेर बन्द भयाे



काठमाडौँ। कारोबारको पहिलो दिन आज आइतबार नेप्से ओरालो लागेर बन्द भएको छ। आज नेप्से १३  दशमलव ६२ अंकले ओरालो लागेको छ । आज कारोबारमा आएको हाेटल समुह बाहेक अरु सबैँ समुहले गुमाएका छन् । आज कारोबारमा आएको १६० कम्पनीको ११ लाख ९७ हजार १ सय ६ कित्त सेयर बाट ३२ करोड ६४ लाख ८३ हजार ६ सय ७३ रुपैयाको कारोबार भएको छ ।
आज सबै भन्दा धेरै न्नलाईफ इन्स्योरेन्स समुहले गुमाएको छ। आज न्नलाईफ इन्स्योरेन्स समुह ७९ दशमलव ७३ अंकले ओरालो लागेको छ । आज लाइफ इन्स्योरेन्स समुह ४१ दशमलव ६ अंकले, बैँक समुह १५ दशमलव ९१ अंकले,, लघुवित्त समुह १४ दशमलव ७३ अंकले, विकास बैँक समुह १० दशमलव १७ अंकले, जलविधुत समुह ९ दशमलव १९ अंकले, फाइनान्स समुह ६ दशमलव ८१ अंकले, उतपादनमुलक समुह ३ दशमलव ७२ अंकले  र  अन्य समुह १  दशमलव ४१ अंकले ओरालो लागेको छ।

अाज काराेबारमा अाएकाे हाेटल समुह भने उकालाे लागेकाे छ । अाज हाेटल समुह ० दशमलव ११ अंकले उकालाे लागेकाे छ ।

प्रकाशित : ११ कार्तिक २०७५, आईतवार १५:१९