काठमाडौं । ओरियन्टल होटलले लाभांश दिने भएको छ । होटलले १५% बोनस सेयर र ११.३२% नगद लाभांश गरी कुल २६.३२% लाभांश दिने भएकाे छ । होटलकाे असाेज ८ गते बसेकाे सञ्चालक समितिकाे बैँठकले साे लाभांश दिन निर्णय गरेकाे हाे ।
ओरियन्टल होटलकाे एकाइसाैँ साधारण सभा कात्तिक १२ गते हुने भएकाे छ । साे साधारणा सभाकाे लागि अासाेज १९ गते देखि कात्तिक १२ गते सम्म दर्ता किताब बन्द हुने भएकाे छ ।ओरियन्टलकाे साधारण सभा नेपाल प्रशासनिक प्रतिष्ठान, जावलाखेल ललितपुरमा बस्नेछ ।
हाल ओरियन्टलको चुक्ता पुँजी ९३ करोड ४२ लाख ३६ हजार ३८७ रुपैयाँ छ ।
Comment