नेप्से २ दशमलव ६१ अंकले उकालो लागेर बन्द « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेप्से २ दशमलव ६१ अंकले उकालो लागेर बन्द



काठमाडौँ। कारोबारको पहिलो दिन आज आइतबार नेप्से उकालो लागेर बन्द भएको छ। आज नेप्से २ दशमलव ६१ अंकले उकालो लागेको छ । आज कारोबारमा आएको धेरै समुहले कमाएका छन् । आज कारोबारमा आएको १६७ कम्पनीको ५५ लाख ४९ हजार ६ सय २१ कित्त सेयर बाट ६९ करोड ३६ लाख ६१ हजार २ सय ५६ रुपैयाको कारोबार भएको छ ।
आज सबै भन्दा धेरै टे«डिड. समुहले कमाएका छन् । आज टे«डिड. समुह ९ दशमलव ७१ अंकले उकालो लागेको छ । आज बैँक समुह ८ दशमलव ८४ अंकले , होटल समुह ७ दशमलव ४४ अंकले, जलविधुत समुह ६ दशमलव ३९ अंकले, फाइनान्स समुह २ दशमलव ४३ अंकले र विकास बैँक समुह १ दशमलव ४३ अंकले उकालो लागेको छ।
आज न्नलाईफ इन्स्योरेन्स समुहले सबै भन्दा धेरै गुमाएको छ । आज न्नलाइफ इन्स्योरेन्स समुह ६२ दशमलव ६३ अंकले ओरालो लागेको छ । आज लाईफ इन्स्योरेन्स समुह २३ दशमलव ४७ अंकले, लघुवित्त समुह ८ दशमलव ९२ अंकले, अन्य समुह ८ दशमलव ९९ अंकले, र उतपादनमुलक समुह२ दशमलव ३३ अंकले ओरालो लागेको छ।

प्रकाशित : ७ आश्विन २०७५, आईतवार १५:१७