ईजी एस्योरेन्स प्रा.लि. र अजोड इन्स्योरेन्स लिमिटेड बीच सम्झौता, मोबाइल फोनमा एस्योरेन्स सेवा प्रदान गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

ईजी एस्योरेन्स प्रा.लि. र अजोड इन्स्योरेन्स लिमिटेड बीच सम्झौता, मोबाइल फोनमा एस्योरेन्स सेवा प्रदान गर्ने



काठमाडौं ।तिनकुने सुविधानगरमा अवस्थित ईजी एस्योरेन्स प्रा.लि. र अजोड इन्स्योरेन्स लिमिटेडबीच मोबाइल फोनमा एस्योरेन्स सेवा सुविधा दिने उद्धेश्यका साथ सहकार्य भएको छ ।
ईजी एस्योरेन्स प्रा.लि.का अध्यक्ष संजित पौडेल र अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री बीच मोबाइल फोनमा एस्योरेन्स सेवा प्रदान गर्ने विषयक सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
सो सम्झौतापछि ईजी एस्योरेन्स प्रा.लि.ले मोबाइल प्रयोगकर्ताहरुको मोबाइल झरेर फुटेमा, मोबाइलमा पानी पसेमा वा मोबाइल चोरी भएमा एस्योरेन्स सेवा दिएका प्रयोगकर्ताहरुलाई क्षतिपूर्ति प्रदान गरिने छ । त्यस्तै आगलागीबाट मोबाइल नष्ट भएमा पनि त्यसको क्षतिपूर्ति दाबी गर्न सकिनेछ ।
ईजी एस्योरेन्स प्रालिले यो सेवा लिएका मोबाइल प्रयोगकर्ताहरु कुनैपनि प्रकारको दुर्घटनामा परेर मृत्यु भएमा सो बापत रु. १,००,०००÷– (एक लाख रुपैयाँ) को दुर्घटना बीमा अन्तरगत रकम प्रदान गर्नेछ ।
ईजी एस्योरेन्स प्रा.लि.ले प्रदान गरिरहेको मोबाइल फोन एस्योरेन्स सेवा अन्तरगत मोबाइल ग्राहकहरुले न्यूनतम रु.१,५००÷– भन्दा माथिका मोबाइलहरुमा यो सेवा लिन सकिनेछ । न्यूनतम रु.४९ तिरेर १ वर्षसम्म मोबाइल फोन एस्योरेन्स सेवा उपयोग गर्न सकिनेछ । एस्योरेन्सको लागि लाग्ने शुल्क भने मोबाइलको मूल्यअनुसार फरक फरक हुनेछ ।
यस बाहेक ईजी एस्योरेन्स प्रा.लि.ले कुनैपनि मोबाइल खरिदकर्तालाई कम्पनीले दिने भन्दा थप मोबाइल तथा सफ्टवेयरमा १ वर्षको अतिरिक्त वारेन्टी प्रदान गर्नेछ ।
यो सेवा उपयोग गर्न चाहने मोबाइल ग्राहकहरुले मोबाइल खरिद गरेको सात दिन भित्र मोबाइल किनेको पसलबाट वा अन्य कुनै मोबाइल पसलबाट सेवा लिन सक्नेछन भने सात दिनपछि ईजी एस्योरेन्स प्रा.लि.को आधिकारिक सर्भिस सेन्टरबाट मात्र यो सेवा लिनसकिनेछ ।
ईजी एस्योरेन्स प्रा.लि.ले मोबाइल फोन एस्योरेन्स सेवा देशभरीका आफ्ना आधिकारिक एजेन्टहरुमार्फत प्रदान गरिरहेको छ र ग्राहकहरुले कुनैपनि एजेन्टमार्फत मोबाइल फोन एस्योरेन्स सेवा लिन सक्नेछन् ।
मोबाइल फोन एस्योरेन्स सेवामा शर्तहरु लागू हुनेछ ।
यस कम्पनीसँग आबद्ध ईजी मोबाइल केयर प्रालिले यसअघि कम्पनीले नेपालमा नै पहिलो पटक स्मार्टफोनहरुको डिस्प्ले÷स्क्रीन फुटे बापत फुटेको डिस्प्ले निशुल्करुपमा फेरिदिने योजना संचालन गरिरहेको छ ।
ग्राहकहरुको सेवालाई मध्यनजर गर्दै शुल्क नलाग्ने टोल फ्री नम्बर १६६००१२२९९९ पनि उपलब्ध गराएको छ ।
कम्पनीसँग आबद्ध ईजी मोबाइल केयर प्रालिले रु.१ तिरेपछि मासिक किस्ताबन्दीमा स्मार्टफोनहरु उपलब्ध गराउने योजना सफलतापूर्वक संचालन गर्दै आईरहेको छ ।
कम्पनीले हाल यो सेवा कर्पोरेट कार्यालय तीनकुने र सर्भिस सेन्टर न्यूरोड, ताम्राकार कम्प्लेक्सको पाँचौं तल्लामा रहेको ईजी मोबाइल केयर प्रालिमार्फत सेवा दिईरहेको छ।

प्रकाशित : १ आश्विन २०७५, सोमबार १६:३४