अाइतबार नेप्से ११ दशमलव ६९ अंकले उकालो लागेर बन्द « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

अाइतबार नेप्से ११ दशमलव ६९ अंकले उकालो लागेर बन्द



काठमाडौँ। कारोबारको पहिलो दिन आज आइतबार नेप्से उकालो लागेर बन्द भएको छ। आज नेप्से ११ दशमलव ६९ अंकले उकालो लागेको छ । आज कारोबारमा आएको सबै समुहले कमाएका छन् । आज कारोबारमा आएको १६६ कम्पनीको ३० लाख ७० हजार २ सय ३१ कित्त सेयर बाट ९१ करोड ५२ लाख ९२ हजार २ सय ४ रुपैयाको कारोबार भएको छ ।
आज सबै भन्दा धेरै लाईफ इन्स्योरेन्स समुहले कमाएको छ। आज लाईफ इन्स्योरेन्स समुह ४८ दशमलव ५ अंकले उकालो लागेको छ । आज उतपादनमुलक २६ दशमलव ५१ अंकले, विकास बैँक समुह २० दशमलव ८९ अंकले, न्नलाइफ इन्स्योरेन्स समुह २० दशमलव १८ अंकले, बैँक समुह १३ दशमलव ७१ अंकले, लघुवित्त समुह ८ दशमलव ३१ अंकले, जलविधुत समुह ६ दशमलव ५४ अंकले, होटल समुह ४ दशमलव ३५ अंकले र अन्य समुह ० दशमलव ५४ अंकले उकालो लागेको छ।

प्रकाशित : ३१ भाद्र २०७५, आईतवार १५:१२