युनिलिभर नेपालको सेयर सूचीकरण स्थगन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

  युनिलिभर नेपालको सेयर सूचीकरण स्थगन



काठमाडौं । नेप्लेसेले  युनिलिभर नेपाल लिमिटेडको सेयर सूचीकरण स्थगन गरेको छ ।युनिलिभरले लाभांश प्रस्ताव गरेर ढिलो जानकारी गराएकोले नेप्सेले  युनिलिभर नेपाल  लाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न पत्राचार गरेकाे छ।
धिताेपत्रहरुकाे बजार मुल्यलार्इ पभाव पार्ने सुचनाहरु तत्काल उपलब्ध गराउनु पर्ने धिताेपत्र सुचिकरण विनियमावली २०७५ काे विनियम २२काे उपविनियम १ काे खण्ड (ङ) बमोजिम युनिलिभरले नियम उल्लंघन गरेकाले त्यसको कारण खुलाएर जवाफ पेश गर्न  नेप्सेले निर्देशन दिएको छ। युनिलिभरको भदौ १२ गते सम्पन्न सञ्चालक समितिको बैठकले गत आर्थिक बर्षको नाफाबाट सेयरधनीलाई ७०० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे थियाे जुन सूचना युनिलिभरले भदौ २८ गतेमात्र नेप्सेमा  जानकारी गराएको थियो ।
नप्सेले  कम्पनी लगायत पदाधिकारीहरुलाई विद्यमान नियम कानुन अनुसार कारवाही किन नगर्ने ? भन्दै पत्र प्राप्त भएको २४ घन्टाभित्र स्पष्टीकरण पेश गर्न समेत निर्देशन दिइएको छ ।

प्रकाशित : ३१ भाद्र २०७५, आईतवार १२:५८