१० दशमलव ७९ अंकले ओरालो बन्द भयाे नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

१० दशमलव ७९ अंकले ओरालो बन्द भयाे नेप्से



काठमाडौँ। कारोबारको पहिलो दिन आज आइतबार नेप्से ओरालो लागेर बन्द भएको छ। आज नेप्से १० दशमलव ७९ अंकले ओरालो लागेको छ । आज कारोबारमा आएको सबै समुहले गुमाएका छन् । आज कारोबारमा आएको १६६ कम्पनीको १२ लाख ७२ हजार १ सय ८ कित्त सेयर बाट ३२ करोड ७० लाख २५ हजार ७ सय ४१ रुपैयाको कारोबार भएको छ ।
आज सबै भन्दा धेरै न्नलाईफ इन्स्योरेन्स समुहले गुमाएको छ। आज न्नलाईफ इन्स्योरेन्स समुह ८५ दशमलव ९४ अंकले ओरालो लागेको छ । आज लाइफ इन्स्योरेन्स समुह ६७ दशमलव ४२ अंकले, लघुवित्त समुह २४ दशमलव ९३ अंकले, विकास बैँक समुह १५ दशमलव ३२ अंकले, जलविधुत समुह १४ दशमलव ४३ अंकले, अन्य समुह ८ दशमलव ०८ अंकले, बैँक समुह ७ दशमलव १६ अंकले, उतपादनमुलक समुह ६ दशमलव ८१ अंकले, होटल समुह ४ दशमलव २३ अंकले, फाइनान्स समुह १ दशमलव ०३ अंकले र टे«डिड. समुह ० दशमलव ४२ अंकले ओरालो लागेको छ।

प्रकाशित : २४ भाद्र २०७५, आईतवार १५:२१