काठमाडौँ। कारोबारको पहिलो दिन आज आइतबार नेप्से उकालो लागेर बन्द भएको छ। आज नेप्से ८ दशमलव ५९ अंकले उकालो लागेको छ । आज कारोबारमा आएको उतपादनमुलक, अन्य र लाइफ इन्स्योरेन्स समुह बाहेक अरु सबै समुहले कमाएका छन् । आज कारोबारमा आएको १६४ कम्पनीको ९ लाख ६० हजार ७ सय १४ कित्त सेयर बाट ३० करोड २५ लाख ९७ हजार २ सय १ रुपैयाको कारोबार भएको छ ।
आज सबै भन्दा धेरै होटल समुहले कमाएको छ। आज होटल समुह ३२ दशमलव ११ अंकले उकालो लागेको छ। आज न्नलाईफ इन्स्योरेन्स समुह २९ दशमलव ४३ अंकले, विकास बैँक समुह १३ दशमलव ५२ अंकले, बैँक समुह ११ दशमलव १४ अंकले, लघुवित्त समुह १० दशमलव १४ अंकले, जलविधुत समुह ५ दशमलव १३ अंकले र फाइनान्स समुह ० दशमलव ९४ अंकले उकालो लागेको छ।
आज लाईफ इन्स्योरेन्स समुह १ दशमलव ०८ अंकले ,अन्य समुह १ दशमलव ९ अंकले र उतपादनमुलक समुह ० दशमलव ७५ अंकले ओरालो लागेको छ ।
Comment