नेप्से ३ दशमलव ९२ अंकले ओरालो लागेर बन्द « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेप्से ३ दशमलव ९२ अंकले ओरालो लागेर बन्द



काठमाडौँ। कारोबारको अन्तिम दिन आज बिहिबार नेप्से ओरालो लागेर बन्द भएको छ। आज नेप्से ३ दशमलव ९२ अंकले ओरालो लागेको छ । आज कारोबारमा आएको विकास बैँक र अन्य समुह बाहेक अरु सबैँ समुहले गुमाएका छन् । आज कारोबारमा आएको १६९ कम्पनीको १० लाख २० हजार ५ सय ९५ कित्त सेयर बाट २७ करोड ७३ लाख ८ हजार २ सय ६६ रुपैयाको कारोबार भएको छ ।
आज सबै भन्दा धेरै उतपादनमुलक समुहले गुमाएको छ। आज उतपादनमुलक समुह ५४ दशमलव ६७ अंकले ओरालो लागेको छ। आज लाइफ इन्स्योरेन्स समुह ३८ दशमलव ६४ अंकले, न्नलाइफ इन्स्योरेन्स समुह २७ दशमलव ५५ अंकले, जलविधुत समुह १४ दशमलव ६२ अंकले, लघुवित्त समुह ४ दशमलव ४१ अंकले, बैँक समुह ३ दशमलव ५३ अंकले, होटल समुह २ दशमलव ३६ अंकले र फाइनान्स समुह ० दशमलव ०७ अंकले ओरालो लागेको छ ।
आज विकास बैैँक र अन्य समुह भने उकालो लागेको छ । आज विकास बैँक समुह ० दशमलव १८ अंंकले र अन्य समुह समुह ५ दशमलव ०७ अंकले उकालो लागेको छ।

प्रकाशित : ७ भाद्र २०७५, बिहीबार १५:२१