नेप्से ६ दशमलव ६९ अंकले ओरालो लागेर बन्द « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेप्से ६ दशमलव ६९ अंकले ओरालो लागेर बन्द



काठमाडौँ। कारोबारको अन्तिम दिन आज बिहिबार नेप्से ओरालो लागेर बन्द भएको छ। आज नेप्से ६ दशमलव ६९ अंकले ओरालो लागेको छ । आज कारोबारमा आएको टे«डिड. समुह बाहेक अरु सबै समुहले गुमाएका छन् । आज कारोबारमा आएको १६३ कम्पनीको ८ लाख ६९ हजार ३ सय ७ कित्त सेयर बाट १९ करोड ६९ लाख ४५ हजार २ सय ३७ रुपैयाको कारोबार भएको छ ।

आज सबै भन्दा धेरै लाईफ इन्स्योरेन्स समुहले गुमाएको छ। आज लाईफ इन्स्योरेन्स समुह १ सय २ दशमलव ८३ अंकले ओरालो लागेको छ । आज न्नलाइफ इन्स्योरेन्स समुह ७० दशमलव ०७ अंकले, होटल समुह ३१ दशमलव ५२ अंकले, जलविधुत समुह १६ दशमलव ८८ अंकले, लघुवित्त समुह १६ दशमलव ४७ अंकले, बैँक समुह ३ दशमलव ३७ अंकले, विकास बैँक समुह १ दशमलव ३१ अंकले,फाइनान्स समुह ० दशमलव ७ अंक्ले र अन्य समुह ० दशमलव ४२ अंकले ओरालो लागेको छ।
आज टे«डिड.भने उकालो लागेको छ । आज टे«डिड. समुह २ दशमलव ११ अंकले उकालो लागेको छ।

प्रकाशित : २४ श्रावण २०७५, बिहीबार १५:१८