काठमाडाैँ । सरकारले हालै संसद्म दर्ता गराएको उपभोक्ता संरक्षणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकप्रति नेपाल चेम्बर अफ कमर्सको ध्यानाकर्षण भएको छ । संसदमा प्रस्तुत उक्त विधेयक नीजि क्षेत्रसंग अन्योन्याश्रित रुपमा जोडिएको सम्बेदनशील बिषय भएकोले नीजि क्षेत्रसंग आवश्येक परामर्श एबं सरसल्लाह गरि व्यावसायिक वातावरणलाई खलल नहुने गरि पारित गर्नुहुन सबै सरोकार वालालाई चेम्बर अफ कमर्सले अनुरोध गरेकाे छ । बजारलाई व्यवस्थित र मर्या्दित बनाउन आवश्येक सुधार गर्नुपर्ने बारे नेपाल चेम्बर अफ कमर्स प्रतिबद्द रहेको व्यहोरा समेत जानकारी गराएकाे छ ।
9 August, 2018 11:37 am





Comment