सिप्रदीले ल्यायो युवालक्षित योजना, १२ लाखमै टाटा सुमो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सिप्रदीले ल्यायो युवालक्षित योजना, १२ लाखमै टाटा सुमो



काठमाडौँ । सिप्रदी ट्रेडिङ प्राइभेट लिमिटेडले युवालाई लक्षित गरि निःशुल्क तालिम र रुटको व्यवस्था सहितको टाटा सुमोगोल्ड जिप नेपाली बजारमा ल्याएको छ । सिप्रदीले ड्राइभिङ र मेकानिकल तालिम, सुलभ फाइनान्स, १ वर्षको बीमाको सुबिधा दिने वताएकाे छ । सुरुमा १२ लाख रुपैयाँ बुझाएपछि सुमो दिने कम्पनीले जनाएको छ ।

टाटा मोटर्सको नेपालका लागि एक मात्र आधिकारिक बिक्रेता सिप्रदीले आफ्नो गाडी आफै सवारी नामक व्यबसायिक अभियान सुरु गरेको हो । सो अभियानमा सहभागी हुनेलाई सस्तो दरमा पुँजीको पनि ब्यवस्था गरिदिने उल्लेख गरेकाे छ । यसले स्वदेशमा नै रोजगारीको सृजना गर्न सिप्रदीले धारणा राखेकाे छ ।

प्रकाशित : २१ श्रावण २०७५, सोमबार ११:३७