२ दशमलव ९१अंकले ओरालो लाग्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

२ दशमलव ९१अंकले ओरालो लाग्यो नेप्से



काठमाडौँ। मंगलबार नेप्से ओरालो लागेर बन्द भएको छ। आज नेप्से २ दशमलव ९१अंकले ओरालो लागेको छ । आज कारोबारमा आएको धेरै समुहले गुमाएका छन् । आज कारोबारमा आएको १६३ कम्पनीको ५ लाख ७८ हजार ९ सय ३३ कित्त सेयर बाट १६ करोड ७७ लाख ३९ हजार ६ सय ९७ रुपैयाको कारोबार भएको छ ।
आज सबै भन्दा धेरै लाइफ इन्स्योरेन्स समुहले गुमाएको छ। आज लाइफ इन्स्योरेन्स समुह २७ दशमलव ६१ अंकले ओरालो लागेको छ । आज न्नलाईफ इन्स्योरेन्स समुह २४ दशमलव ९५ अंकले, होटल समुह १७ दशमलव १८ अंकले, लघुवित्त समुह ५ दशमलव ६१ अंकले,उतपादनमुलक समुह ५ दशमलव ३६ अंक्ले, अन्य समुह २ दशमलव ४६ अंकले, र बैँक समुह २ दशमलव २६ अंकले ओरालो लागेको छ।
आज विकास बैँक , जलविधुत र फाइनान्स् समुह भने उकालो लागेका छन् । आज विकास बैँक समुह ३ दशमलव ११ अंकले, जलविधुत समुह २ दशमलव ९८ अंकले र फाइनान्स् समुह ० दशमलव ७८ अंकले उकालो लागेको छ ।

प्रकाशित : १५ श्रावण २०७५, मंगलवार १५:१५