उकालो लाग्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

उकालो लाग्यो नेप्से



काठमाडौँ । बुधबार नेप्से उकालो लागेर बन्द भएको छ । आज नेप्से ८ दशमलव ०४ अंकले उकालो लागेको छ । आज कारोबारमा आएको सबै समुहले कमाएका छन् । आज कारोबारमा आएको १६९ कमपनीको ८ लाख ३३ हजार ८ सय ९१ कित्ता सेयर बाट २५ करोड ३४ हजार ६ सय ९ रुपैयाको कारोबार भएको छ ।
आज सबै भन्दा धेरै इन्स्योरेन्स समुहले कमाएको छ । आज इन्स्योरेन्स समुह ६० दशमलव ८६ अंकले उकालो लागेको छ। आज होटल समुह २० दशमलव ८६ अंकले,जलविधुत समुह १९ दशमलव ५८ अंकले, विकास बैँक समुह १३ दशमलव ८८ अंकले ,उतपादनमुलक समुह १२ दशमलव ८६ अंकले,लघुवित्त समुह १२ दशमलव ७६ अंकले, बैँक समुह ४ दशमलव ९३ अंकले, अन्य समुह ४ दशमलव ११ अंकले र फाइनान्स समुह १ दशमलव ०५ अंकले उकालो लागेको छ ।

प्रकाशित : २० असार २०७५, बुधबार १५:१९